August 4, 2026
शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशेषगरी बडादशैंको महाअष्टमीका दिन भव्य मेला लाग्ने गर्दछ।
महाअष्टमीका अवसरमा नेपालका विभिन्न जिल्लाबाट हजारौं श्रद्धालु दर्शन र पूजाआजाका लागि यहाँ पुग्ने गर्छन्। स्थानीय ध...